नगरपालिकाको सेवा मध्यमस्तरको

नगरपालिकाको सेवा मध्यमस्तरको

biratnagar upa maha nagarpalikaसेवाग्राहीहरुले विराटनगर उपमहानगरपालिका र खानेपानी संस्थानको सेवा मध्यमस्तरको रहेको बताएका छन् । नागरिक सरोकार मञ्च विराटनगरले बुधबार गरेको नेपालमा भ्रष्टाचार न्युनीकरण र सुशासनमा देखिएका चुनौती विषयक छलफलमा सेवाग्राही एवम् सरोकारवालाहरुले यि दुइ कार्यालयबाट दिइने सेवा पुर्ण सन्तुष्टि दिने खालको नभएको बताएको आजको उद्घोष दैनिकले समाचार छापेको छ । छलफलमा ट्रानसपरेन्सी नेपालका अध्यक्ष विष्णु बहादुर केसी, मोरका प्रजिअ तारानाथ गौतम,मञ्चका अध्यक्ष मोहन भट्टराइलगायतको उपस्थिति रहेको थियो भने प्राध्यापक डिल्ली प्रसाँइले शिर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्