गच्छदारका लागि पान ल्याउन प्रहरीको सवारी

गच्छदारका लागि पान ल्याउन प्रहरीको सवारी

bijay kumar gachhaadaarविवाह भोज मान्न सुनसरी पुगेका गृहमन्त्री विजय कुमार गच्छदारका लागि पान ल्याउन प्रहरीको गाडी बारम्बार पान पसल धाउनु परेको छ । गच्छदार आफ्नो पार्टी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रिय सचिव चन्देश्वर खत्वेको छोरीको विहे भोज खान सुनसरी बविया गाविस ६ मा पुगेका थिए । उनलाइ भोज पछि पान खान मन लाग्यो अनि प्रहरीलाइ अह्राएर गाडीमा पान ल्याउन लगाए । उनको लागि पान ल्याउनका लागि उनका सहयोगी हेमनारायण चौधरी प्रहरी कै गाडी चढी बारम्बार पान पसल पुगेको आजका स्थानीय पत्रिकाहरुले प्राथमिकताका साथ समाचार छापेका छन् । गच्छदारको सुरक्षार्थ खटीएका प्रहरी निरिक्षक कृष्णकुमार देवले भने "गृहमन्त्रीका लागि पान ल्याउन भने पछि नाँइ भन्न पनि मिलेन" । गच्छदारका लागि प्रहरीको भ्यानले भोजका साथै पार्टीको आन्तरिक छलफलमा हुदाँ समेत पान ल्याएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्