आज सरस्वती पुजा

आज सरस्वती पुजा

saraswati pujaआज श्रीपाचमी पर्व मुलुकभरीनै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदैछ । सूर्य उत्तरायण भई दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई वसन्त पाचमी पनि भन्ने गरिन्छ । सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार कलाकार पत्रकार शिक्षक र विद्यार्थीले आ-आफ्ना कला-साधनाका वस्तु कलम कापी कुची र वाद्य यन्त्र आदिलाई सरस्वतीका रुपमा पूजा-आराधना गर्छन् भने तान्त्रिकहरु तन्त्रसिद्धिका लागि तारादेवीका रुपमा आराधना गर्छन् । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ भने गन्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह व्रतबन्ध गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक-कान छेड्ने गरिन्छ । विराटनगर शनिहाट नजिकै रहेको सरस्वती मन्दिरलगायत अन्य स्थानमा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन खासगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्