निमुवामा रक्तदान

निमुवामा रक्तदान

nimuwa donation१४ औ अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर मोरङको निमुवास्थित मनमोहन चौकमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युवा परिचालन नेपाल को आयोजना तथा युथ फर ब्लडको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा २३ पिन्ट रगत संकलन भएको छ । युवा परिचालन नेपालका अध्यक्ष विश्व पराजुलिका अनुसार युवाहरूलाई सामाजिक सेवाप्रति जागृत गराउन उक्त कार्यक्रमको आयोजना गरिएको हो । ईलाका प्रहरी चौकि निमुवाका सव-ईन्सपेक्टर पुनम कु चौधरीले रक्तदान गर्दै सवैले यस्तो कार्यक्रममा सहयोग पुर्याउनुपर्ने वताए । कार्यक्रममा युथ फर व्लड दुहवीका प्रविण अग्रहरि र विराटनगरका सुरज सुवेदीले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्