पत्रकार श्रेष्ठ सम्मानित

<span class='c1'>पत्रकार श्रेष्ठ</span> <span class='c2'>सम्मानित</span>

anil shrestha sammaannit

बयरवन, १६ असोज । बयरवन ८ मा रहेको सुनकोसी वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १४ औं वार्षिक साधारणसभाको अवसरमा पत्रकार अनिल श्रेष्ठलाई सम्मान गरेको छ ।

बुधवार सम्पन्न साधारणसभामा संस्थाले वर्षभरी उत्कृष्ठ कार्य गरेवापत पत्रकार श्रेष्ठलाई सम्मान गरिएको हो । सो अवसरमा ६७ वर्षिया मनमाया र ७

५ वर्षिय रामबहादुर भूजेल जेष्ठ नागरिक सम्मानबाट सम्मानित भएका थिए । त्यस्तै शेयर सदस्यका छोराछोरीहरुमध्येबाट सबैभन्दा धेरै अंक लाई एसएलसी परीक्षा उत्तीर्ण गर्ने तीर्थराज पाँचकोटी र रञ्जिता राईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महेन्द्र बोहोराले संस्थालाई सुव्यवस्थित गरी विश्वासिलो सेवा र अन्य आवस्यक नीतिहरु निर्माण तथा परिमार्जन गरेको बताए । संस्थाले ८ प्रतिशत शेयर

लाभांस वितरण गरेको छ । जसमा शेयर वोनसको ९५ हजार ६ सय रुपैयाँ वितरण गरेको अध्यक्ष बोहोराले जानकारी दिए । संस्थाले आ.व. ०६९÷७० मा ९ लाख ५४ हजार ५ सय ७८ रुपैयाँ नाफा गरेको छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष त्रिभुनाथ नेपालले आर्थिक प्रतिवेदन, बविता भट्टराईले लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला वचत तथा ऋण सहकारी संस्थाका सह सचिव प्रेमप्रकाश कोइराला, जनमुखी साकोसका कोषाध्यक्ष मोहनप्रसाद अधिकारी, जनएकता साकोसका अध्यक्ष दानबहादुर बस्नेत, जनसम्पर्क साकोसकी शान्ति माझीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्