उमेद्वार माथी आक्रमण

उमेद्वार माथी आक्रमण

विराटनगर ,१८ असोज  ।   संविधान सभा निर्वाचनको प्रत्यक्ष तर्फ बारा क्षेत्र नंबर ४ वाट उम्मेदवारी दर्ता गराउनु भएका एमाले नेता महमुद आलममाथि अज्ञात समूहले गरेको गोली प्रहार प्रति युवा संघ मोरङले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो मात्र उम्मेदवारी दर्ता गराउनु भएका आलम माथि भएको गोली प्रहारको घटनाले आफुहरुलाई स्तब्ध बनाएको संघद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कडा कारवाही गर्न संघले माग पनि गरेको छ । संघका अध्यक्ष मुकेश बुढाथोकीद्धारा विज्ञप्तीमा दिन दहाडै उम्मेदवारमाथि गोली प्रहारको घटनाले उम्मृदवारहरु असुरक्षीत छन भन्ने देखाएकाले दोषीको पहिचान तत्काल हुनुपर्ने बताइएको छ । गंभिर घाइते आयमको संघठनले शिघ्रस्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्