धिमाल महाराज राज ग्राम थान स्थापनाको सय वर्ष पुग्यो

धिमाल महाराज राज ग्राम थान स्थापनाको सय वर्ष पुग्यो

dhimal nachपथरी, ५ मंसिर । पूर्वी नेपालमा बसोबास गर्ने अल्प संख्यक आदिवासी धिमालहरुले मोरङको पथरीस्थित धिमाल महाराज राज ग्राम थान स्थापनाको सय वर्ष पुगेको अवसरमा विविध कार्यक्रम गरी मनाएका छन् ।
विहीबार पथरी–१ मन्दिर लाइनमा रहेको ग्राम थानमा उनीहरुले हर्सोल्लासका साथ स्थापना दिवस मनाएका हुन् । वि.सं. १९७० मा मंसिर ५ गते अर्थात् आजकै दिन स्थापना भएको धिमाल महाराज राज ग्राम थान पथरी सय पुगेको ग्राम थान पथरीका अध्यक्ष काठबहादुर धिमालले जानकारी दिनुभयो ।
चेन्सेको भार सोना मेसेको भार
चुम्तेङ लोरे सोना आनौं ठोकलेको भार ....... ।
अर्थात् आउँदै गर मायालु माया नमार भन्दै गीतमा दर्जनौं धिमाल युवा युवती देखि वयोवृद्ध समेत नाँचेर रमाइलो गरेका थिए । उनीहरुले आफ्नो भाषा संस्कृति जोगाउन आफ्नै भाषाका आधा दर्जन गीतमा नाँचेका थिए ।
त्यसैगरी आफ्ना कुल देवतालाई बली दिएर पूजाआज समेत गरी स्थापना दिवस मनाइएको धिमाल महाराज राज ग्राम थान पगरीका सह–सचिव साजन धिमालले बताउनु भयो । उहाँका अनुसार आगामी हरेक वर्ष मंसिर ५ गतेलाई स्थापना दिवसको रुपमा मनाइने छ । साजनका अनुसार पथरी गा.वि.स.मा धिमाल जातिको जनसङ्ख्या ३६५ जना देखिन्छ ।
धिमाल जातीहरू आपूmलाई तराइका आदिवासी भनेर चिनाउने गर्दछन् । धिमालहरू खास गरी पूर्वी तराइको झापा र मोरङ जिल्लामा बसोबास गर्दछन् । यिनीहरूको आफ्नो मौलिक परम्परा अरुको संस्कृतिको प्रभावले गर्दा परिवर्तन हुन लागेको पाइन्छ भने यिनीहरूको आफ्नै भाषा र भेषभुषा छ । नेपालको आदिबासी जनजातिको सूचीमा रहेको धिमाल जाति सामाजिक रूपमा त्यति अगाडि देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्