एमाओवादि संविधानसभामा जानै पर्छ: प्याकुरेल

एमाओवादि संविधानसभामा जानै पर्छ: प्याकुरेल

विराटनगर मंसीर २७ । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा मानवअधिकारकर्मी सुवोध प्याकुरेलले एमाओवादी जसरी पनि संविधान सभामा जानुपर्ने बताउनुभएको छ । पांचथरको फिदिममा आज लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था डिफ्रीको आयोजना तथा हुकुडेक नेपालको संयोजनमा गरिएको अन्तरक्रिया कार्यक्रममा वोल्दै प्याकुरेलले सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो संविधान सभाको चुनाव गराउन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीकै नेतृत्व र निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले गराउनुपर्छ भन्ने आज संविधानसभा जान्न भन्नु जनताको जनादेश विपरीत हो । जनताले एमाओवादीलाई पनि जनमत दिएकोले जसरी पनि एमाओवादी सदनमा सहभागि हुनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा मानव अधिकार मंच इलामका अध्यक्ष मोहन थेवे,पाँचथर बहुमुखी क्याम्पस फिदिमका सहायक प्राध्यापक लगायतले चुनाव पछि अवसर र चुनौतीका विषयमा कार्यपत्र र अवधारण राखेका थिए । कार्यपत्र र अवधारणमाथि जिल्लाका राजनितीक दल,विभिन्न संघ संस्था संचारकर्मी लगायातले टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्