तालिम लिदा चलेको गोलीबाट मृत्यु हुनेको परिवारलाई राहतको माग

तालिम लिदा चलेको गोलीबाट मृत्यु हुनेको परिवारलाई राहतको माग

दमक मंसिर२७ । तालिम लिइरहेका जवानले चलाएको गोलीबाट मारिएका सुरेश राईका परिवारलाई राहत नदिए राहत उपलब्ध गराउन गठित संघर्ष समितिले आन्दोलन गर्ने चेतावनी दिएको छ । दमकमा आज समितिले पत्रकार सम्मेलन गरी सरकारले राईका परिवारलाई १० लाख रुपैया क्षेतीपुर्ति पुष ११ गते सम्म नदिएमा सडक बन्द गर्ने जस्ता कडा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको हो । १२ गतेदेखि सडक जाम र अनिश्चितकालिन झापा बन्द गर्ने जस्ता कार्यक्रम सार्वजानिक गरिएको समितिका संयोजक पारसमणी राईले बताउनु भयो ।मंसिर २७ गतेदेखि ३० गते सम्म जिल्ला प्रशासन कार्यालय , सशस्त्र प्रहरी वल पाथिभारा गण लगायतका सरकारी निकायमा ज्ञापन पत्र बुझाउने र पुष १ गतेदेखि ११ गते सम्म राजनीतिक दल, संघसंस्थाहरुलाई सोही माग पत्र दिने कार्यक्रम रहेको समितिले जनाएको छ । आठ महिना अघि सशस्त्र प्रहरी वल पाथिभारा गण लखनपुरको रेन्ज पोष्टमा ततालिमका क्रममा राईको गोली लागेर मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा समितिका सदस्य बेनु शिवाकोटीले मृतक राईका परिवारलाई दिइने राहत पटक पटक माग गर्दा झापाका प्रमुख जिल्ला अधिकारी एकमणी नेपालले बेवास्ता गरेको आरोप लगाउनु भयो । समितिसंगको भेटमा आलटाल गर्ने र मोवाइल मार्फत कुराकानी गर्दा राहतको बिषयमा चासो नदिएको शिवाकोटीको गुनासो छ । राईका परिवारले अहिले सम्म किरिया खर्च बापत कर्मचारी मिलन केन्द्र झापाबाट २५ हजार रुपैया मात्र प्राप्त गरेको सुरेशका पिता छत्र बहादुर राईले बताउनु भयो । राई रतुवामाई बृक्षारोपण आयोजना केर्खाको चौकीदार थिए । गत जेठ २ गते गणमा भएको सर्वपक्षीय भेलाले राईका परिवारलाई राहत १० लाख उपलब्ध गराउने, छोरा सौगात र छोरी सौजन्य राईलाई प्लस टु सम्म निशुल्क पढाउन पहल गर्नै लगायतका सहमति गरेको थियो । झापाका प्रमुख जिल्ला अधिकारी एकमणी नेपालसंग बुझ्दा राईलाई क्षेतिपुर्ति दिनका लागि मन्त्री परिषदबाट निर्णय भइसकेको बताउनु भयो । अव केही हप्ता भित्र प्रक्रिया पुरा गरी राहत मन्त्रालयबाट आउने वहांले बताउनु भयो । कति रकम आउदै छ भन्ने कुरा पछि नै थाहा हुने प्रजिअ नेपालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्