झापामा अपाङ्ग महिलाहरुको महासंघ गठित

झापामा अपाङ्ग महिलाहरुको महासंघ गठित

दमक मंसिर२७ । अपाङता भएका महिलाहरुको भेलाले आज पार्वता श्रेष्ठको अध्यक्षतामा राष्टिय अपाङ महिला महासंघ झापा गठन गरेको छ । दमक अपाङ सहयोग समिति दमकको आयोजनामा चन्द्रगढीमा भएको भेलाले समितिको उपाध्यक्षमा मुनीवती कार्की, सचिवमा लक्ष्मी भटराई, सहसचिवमा पबित्रा निरौला र कोषध्यक्षमा अम्विका पोखरेल चयन हुनु भएको हो । सदस्यहरु लिला खत्री , लक्ष्मी बस्याल र यशोदा सुवेदी रहुनु भएको आयोजक समितिका सचिव पिताम्वर घिमिरेले जानकारी दिनु भएको छ । भेला महिला बिकास कार्यालय झापाकी प्रमुख धना थापाको प्रमुख आतिथ्यमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्