दमक मंसिर२७ । दमक नगर पालिकाबाट ५ महिना अवधिमा १ सय २२ जनाले भुकम्प प्रतिरोधी घर निर्माणका लागि अनुमति लिएका छन । नगर पालिकाको घर नक्सापास शाखाको तथ्याङ अनुसार हिजो सम्म घरको भुइतला देखि टाइबिम सम्मको पहिलो चरणको निर्माणको इजाजत लिएको हो । टाइबिम देखि माथि को दोश्रो चरणको निर्माणको इजाजत ९२ जनाले लिएको घर नक्सापास शाखाका प्रमुख मोहन ओलीले बताउनु भयो । नगर पालिकाले भवन संहिता कार्यन्वयन २०६९ साउन १ गतेदेखि लागु गरेको छ । घर निर्माण गर्ने घरधनीले निर्माणको इजाजत लिएको दुवै चरणको काम २ वर्ष भित्र सक्नुपर्ने प्रावधान रहेको छ ।