एक हजार लिटर घरेलु मदिरा बरामद

एक हजार लिटर घरेलु मदिरा बरामद

२८ मंसिर । ईलाका प्रहरी कार्यालय रंगेलीले एक हजार लिटर अवैध घरेलु मदिरा सहित भन्सार छलेर नेपाल भित्रयाएको सामान बरामद गरी आज सार्वजनिक गरेको छ । भन्सार छलेर नेपाल भित्रयाएको रसायनिक मल , सुपाडी ,हाडवेयर सामान लगायतका करिब १ लाख मुल्य बरावरको सामान प्रहरीले बरामद गरी सार्वजनिक गरेको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक माधव काफ्लेका अनुसार प्रहरी गस्ती टोलीको चेकजाचको क्रममा विभिन्न नाका बाट सो सामान बरामद गरेको बताउनु भयो । पछिल्लो समय उत्तरी मोरगको वयरवन , लक्ष्मीमार्ग लेटाड क्षेत्रहरुमा अवैध घरेलु मदिराको उत्पादन बृद्ध भई दक्षिणी मोरङ्गको गा्रमिण ईलाकामा घरेलु मदिराको व्यापार फस्टाएपछि निगरानी बढाएको ईलाका प्रहरी कार्यालय रंगेलीले एक हजार लिटर मदिरा सहित भन्सार छलेर नेपाल भित्रयाईएको सामान बरामद गर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्