एम्बुलेन्समा मोटरसाईकल ठोक्किदा २ घाईते

एम्बुलेन्समा मोटरसाईकल ठोक्किदा २ घाईते

धनकुटाको गुठिटारमा आज बिहान एम्बुलेन्स र मोटरसाईकल ठक्कर खाँदा २ जना गम्भिर घाईते भएका छन् । बिहान ११.२५ बजेको समयमा गुठिटार ७ मा धरानबाट धनकुटा तर्फ जादै गरेको को. १३ प ८८८९ नम्बरको मोटर साईकल र बिपरित दिशाबाट आउँदै गरेको मे. १ च. ६०३० नम्बरको एम्बुलेन्स ठक्कर खांदा मोटरसाईकलमा सवार २ जना गम्भिर घाईते भएका हुन् । दुर्घटनामा मोरटसाईकल चालक धनकुटा बोधे गा.वि.स. ८ का १७ बर्षिय दिपक याख्खा र मोटरसाईकलको पछाडि सवार २६ बर्षिय बम बहादुर याख्खा घाईते भएका हुन् । घाईते दुबै जनाको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । एम्बुलेन्स चालक, एम्बुलेन्स र मोटरसाईकललाई जिल्ला प्रहरी कार्यालय धनकुटाको नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्