ईटहरीमा व्यापार मेला माघ २१ देखि

ईटहरीमा व्यापार मेला माघ २१ देखि

उद्योग वाणिज्य सङ्घ इटहरीले आगामी माघ २१ देखि फागुन ६ गतेसम्म इटहरीस्थित क्षेत्रीय रङ्गशाला क्षेत्रमा औद्योगिक व्यापार मेला एवम् पर्यटन महोत्सव २०७० को आयोजना गर्ने भएको छ । उद्योग वाणिज्य सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी गराएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग वाणिज्य सङ्घ इटहरी, नेपाल सरकार वित्तीय प्रवद्र्धन केन्द्र, घरेलु तथा साना उद्योग विभाग र उद्योग तथा वाणिज्य

विभागसमेतको सहकार्यमा आयोजना हुने महोत्सवको सह–आयोजकमा इटहरी नगरपालिका र जिल्ला विकास समिति रहने उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहितकुमार प्रसाईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्