धनकुटा सदरमुकामको सल्लेरी स्थितको डाक्टर रामप्रसाद पोख्रेल सामुदायीक आँखा अस्पताल आज बाट सञ्चालनमा आएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयलको ५५ लाख रुपैयाँको सहयोगमा सो अस्पताल निर्माण गरिएको हो । अन्तरंङ्ग, बहीरङ्ग, शल्यक्रिया कक्ष, प्रशासन र आवास सहतिको १४ कोठे पक्की भवनमा १५ शै्ययाको सामुदायीक आँखा अस्पतालमा सञ्चालनमा आएको हो । सो आँखा अस्पताल सञ्चालनमा आएपछि धनकुटा, तेह्रथुम, ताप्लेजुङ्ग, पाँचथर, भोजपुर संखुवासभा लगायत विकट पूर्वि पहाडि जिल्लाका करिब १५ लाख सर्वसाधारण सेवा पाउने भएका छन् ।