धनकुटामा आगलागि, १ को मृत्यु

धनकुटामा आगलागि, १ को मृत्यु

विराटनगर, ४ पौष । धनकुटामा आज बिहान आगोले जलेर एक ब्यक्तिको मृत्यु भएको छ । धनकुटा नगरपालिका १ का डम्बरबहादुर खड्काको परालको कुन्युमा लागेको आगोले जलेर सोही ठाउका ४५ बर्षिय दिलबहादुर खड्काको मृत्यु भएको हो । आगोले जलेर गम्भिर घाईते भउका खड्काको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको हो । आगो प्रहरी र स्थानियबासीको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो । यसैविच मोरङको इटहरा २ का हस्तबहादुर पौडेलको धानको कुन्युमा विहिबार आगलागी हुँदा ७० हजार रुपैयाँ बढीको क्षति भएको छ । विहान ११.२० बजेको समयमा कुन्युमा आगलागी हुँदा तीन बिगाहा खेतको धान र पराल जल्दा सो क्षति भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । आगो स्थानियबासी, प्रहरी र दमकलको सहयोगमा करिव एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्