धनकुटा क्याम्पस प्रमुखलाई कालोमोसो दल्ने पक्राउ

धनकुटा क्याम्पस प्रमुखलाई कालोमोसो दल्ने पक्राउ

विराटनगर, ४ पौष । धनकुटा बहुमुखी क्याम्पसका प्रमुख डा.गोपालबहादुर भट्टराईलाई कोलोमोसो दलेर कुटपिट गरेको आरोपमा आज एमाले धनकुटाका नगर अध्यक्ष सहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एमाले नगर अध्यक्ष अर्जुन छारा, एमाले निकट युवा संघका सदस्य अगमसिं राई र शिव राई रहेको प्रहरीले जनाएको छ । नगर अध्यक्ष छारालाई धनकुटा बजारबाट र अन्य २ लाई बेलहाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवत्ता रामेश्वर कार्कीले बताए । उनका अनुसार पक्राउ परेकाहरुबाट क्याम्पस प्रमुख भट्टराईलाई कालोमोसो दल्नका लागी फोन र एसएमएस गरेको प्रमाण फेला परेको छ । कार्कीले भने ‘पक्राउ परेका युवाहरुको फोन र एसएमएस अनुसार क्याम्पस प्रमुखलाई कालोमसो दल्नका लागी अर्जुनले शिवलाई फोन गरेको र त्यसपछि राजमार्गमा युवाहरु बसेर गाडी रोकी सो घटना गराएको बुझिएको छ । यस घटना पस्चात नगर उपाध्यक्ष कुलबहादुर तितुङ्ग र सचिब भोगेन्द्र थापाद्धारा जारी बिज्ञप्तीमा छारालाई बिना सर्त रिहाई नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्