परिवारका सदस्यलेनै मारे मञ्जुदेवि मण्डललाई

परिवारका सदस्यलेनै मारे मञ्जुदेवि मण्डललाई

विराटनगर, ४ पौष । सप्तरीको लोहजारा गाविस २ की २० वर्षिय मञ्जुदेवी मण्डललाई परिवारकै सदस्यले विष खुवाएर हत्या प्रयास गरेका छन । श्रीमान नरहेको अवस्थामा जेठाजु रमानन्द यादवसहित मिलेर मञ्जुमाथि कुटपिट गर्दै विष खुवाएर हत्या प्रयास गरेको हो । कुटाई र विष खाएर सिकिस्त भएकी मञ्जुदेवीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते मञ्जु आठ महिनाकी गर्भवती हुन । विगत तीन महिनादेखि श्रीमान महानन्द बेपत्ता भएपछि प्रसुती हुने अवस्थामा सहयोग माग्न हिजो लोहजारस्थित श्रीमान्को घर पुग्दा आफुमाथि कुटपीट र जर्वजस्ती विष खुवाइएको मञ्जुले बताईन । घटनाका मुख्य दोषी महानन्द फरार छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्