दवावमा राजिनामा नदिने धनकुटा क्याम्पस प्रमुखको दावी

दवावमा राजिनामा नदिने धनकुटा क्याम्पस प्रमुखको दावी

धनकुटा, ८ पौष । प्रमुख राजनैतिक दल र केही प्राध्यापकहरुले राजिनामा दिन दवाव दिईरहेका बेला धनकुटा बहुमुखी क्याम्पसका प्रमुख प्रा.डा.गोपालबहादुर भट्टराईले कसैको दबाबमा परेर राजीनामा नदिने बताएका छन ।

काग्रेस, एमाले र एमाओबादीले पत्रकार सम्मेलन गरेर भट्टराइको राजिनामा माग गरेको २४ घण्टा बित्न नपाउदै सोमबार उनले पत्रकार सम्मेलन गरी यस्तो प्रतिक्रिया दिएका हुन । पत्रकार सम्मेलनमा भट्राईले आफ्नो योग्यता र क्षमताको आधारमा क्याम्पस प्रमुखको जिम्मेवारी संहालेको दावी गर्दै कुनै पार्टी र केही व्यक्तिले भन्दैमा आफुले राजीनामा नदिने दावी गरे ।

कसैको दबाब र स्वार्थका लागि क्याम्पस प्रमुखले राजीनामा दिदै जाने हो भने गलत नजिर को बिकास हुँदै जाँने भट्राईको भनाई थियो । गत मंगलबार क्याम्पस प्रमुखहरुको बुटवलमा हुने भेलामा जाने क्रममा सार्वजनिक गाडीबाट उतारेर क्याम्पसका केही स्टाफहरुले आफुलाई कालोमोसो दलेर र्दुव्यावहार गरेको भन्दै उनले सो घटनामा संलग्नलाई कडा कारबाहीको माग समेत गरे ।

आफु इतिहासमै सफल क्याम्पस प्रमुख भएको पटक–पटक दोहो¥याएका भट्टराईले कसैले आफुलाई कालोमोसो दल्दैमा असफल नहुने जिकिर गरे । भट्राईले कसैले क्याम्पसमा अराजक गतिविधि गरेमा त्यसको जिम्मेवारी स्वयम लिनुपर्ने पनि बताए ।

क्याम्पसका गतिविधिहरु एकलौटी ढंगले संचालन गरेको आरोप खेप्दै आएका प्रमुख भट्टराईले आफुले पछिल्लो पटक मंसीर २५ गते गरेको १४ जना आंशिक प्राध्यापकहरुको नियुक्ति त्रिविको नियम संगत भएको दाबी गरे । उहाँले नयाँ नियुक्ति भएका आंशिक प्राध्यापकहरुलाई हिम्मतका साथ काम गर्न आग्रह गर्दै अब त्रिविले नै चाहेमा पनि उनीहरुलाई हटाउन नसक्ने बताए ।

यसैबिच प्रगतिशिल प्राध्यापक संगठन, प्रजातान्त्रिक प्राध्यापक संघ, राष्ट्रिय प्राध्यापक संघ धनकुटा बहुमुखी क्याम्पसले भने क्याम्पस प्रमुखले आफ्नो अनुकुल र मनोमानी ढंगले अगाडी बढ्दै पेशागत संगठनहरुलाई बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् । पुर्वकै चर्चित मानिने धनकुटा बहुमुखी क्याम्पस पछिल्लो समय क्याम्पस प्रमुख र पेशागत संगठनहरुबीचको अन्तरद्धन्द्धका कारण अस्तब्यास्त बन्दै गएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्