पत्रकार प्रधान अस्वस्थ्य

पत्रकार प्रधान अस्वस्थ्य

विराटनगर ,१० पौष । ईटहरीका वरिष्ठ पत्रकार एवम राष्ट्रिय समाचार समिति सुनसरी इटहरीका समाचारदाता याम प्रधान एक्कसी अस्वस्थ्य भई आज विहान अस्पताल भर्ना हुनु भएको छ । पत्रकार प्रधान मधुमेह र उच्च रक्तचाप रोग एक्कसी वृद्धि भई वेहोस भएपछि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सघन उपचार कक्षमा राखिएको छ । पत्रकार प्रधानको स्वास्थ्यस्थिति अहिले पनि स्थिर रहेको डाक्टरहरुले बताएका छन् । प्रधान दुई दशकदेखि पत्रकारीता क्षेत्रमा रहेर कार्यरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्