कर्तव्य मुद्दामा अभियोग लागेका समानुपातिक सभासदलाई पक्राउ गर्न माग

कर्तव्य मुद्दामा अभियोग लागेका समानुपातिक सभासदलाई पक्राउ गर्न माग

विराटनगर, २२ पौष । नागरिक समाजका अगुवाहरुले एमाओवादीले समानुपातिक सभासद बनाएका लालेन्द्र मण्डललाई पक्राउ गर्न माग गरेका छन् । दिनेश त्रिपाठी, चरण प्रसाई, सुमन अधिकारी, जनक राउत लगायतले विज्ञप्ति जारी गर्दै कर्तव्य मुद्दामा अभियोग पत्र दायर भइ अदालतबाट वारेन्ट समेत म्याद पुर्जी जारी भएका मण्डललाई सभासद बनाएको भन्दै आपत्ति जनाएका हुन् । ‘कर्तव्य ज्यान मुद्दामा अदालतबाट वारेन्ट जारी भएका व्यक्तिलाई निर्वाचित गर्नुले मुलुकमा विद्यमान फैजदारी न्याय प्रणाली एवं विधिको शासनको खुला उपहास भएको छ’ विज्ञप्तिमा भनिएको छ । राज्यको नजरमा फरार व्यक्ति संविधानसभाको सदस्यमा निर्वाचित हुनुले संविधानसभाको पवित्रता एवं विश्वसनीयतामा गम्भीर आँच आएको उनीहरुले बताएका छन् । विज्ञप्तिमा मण्डललाई गिरफ्तार गरी अदालत समक्ष उपस्थित गराउन प्रहरी प्रशासन समक्ष माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्