दुहवीमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारणसभा

दुहवीमा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारणसभा

सुनसरीको दुहवीमा रहेको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको प्रथम साधारणसभाको आज उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा संस्थाकी अध्यक्ष भगवती चौधरीले संस्थाको स्थापनाकालदेखि अहिलेसम्म आउंदा झेल्नु परेको समस्या, चुनौती र सफलताको विषयमा चर्चा गर्नुभयो । कार्यक्रममा एभरेष्ट बैंकका संचालक होमनाथ गुरुङले संस्थाले गाउंगाउंमा गएर आर्थीक गतिविधि बढाउंदा बैदेशिक रोजगारीमा जाने युवा पलायनलाई रोक्ने विश्वास ब्यक्त गर्दै आउने दिनमा संस्थाले अनुसासित,इमान्दार, पारदर्शी र दिगो नितिका साथ अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले संस्थामा हाल १ लाख १ हजार ७ सय ६ जना सदस्य रहेका, ६९ हजार ७ सय ३७ जना ऋणि रहेका, संस्थाले ८ अर्ब ६५ करोड ४६ लाख ३६ हजार रुपैंया कर्जा लगानी गरेकोमा ७ अर्ब ३५ करोड ५१ लाख ४३ हजार कर्जा असुली गरेको र चालु अवस्थामा १ अर्ब २९ करोड ९४ लाख ९३ हजार रुपैंया कर्जा लगानी रहेको जानकारी दिनुभएको छ । उहांले संस्थाले २० जिल्लामा ५६ वटा शाखा कार्यालय स्थापना गरि ३ सय ३ कर्मचारी मार्फत ३ सय ४६ वटा गाविसमा आर्थीक गतिविधि गर्दै आएको जानकारी दिंदै चालु अवस्थामा ६७ करोड ८७ लाख ५२ हजार बचत रहेको छ भने ७ करोड शेयर चुक्ता पुंजी रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्