धनकुटाको सडक मर्मत कार्यमा विवाद

धनकुटाको सडक मर्मत कार्यमा विवाद

जिल्ला विकास समिति धनकुटाले बनाएका ग्रामीण सडकहरुको मर्मतका लागि भौतिक पुर्वाधार उपयोग कर उठाउने जिम्मेवारी उपभोक्ता समितिलाई दिएपछि विवाद शुरु भएको छ । गत मंसिर २३ गतेबाट हिले–उत्तरपानी छिन्ताङ्ग ग्रामिण सडक उपभोक्ता समिति आँखिसल्लाले हिले बजारको पुच्छारमा पटके कर संकलन केन्द्र राखेर सवारी साधनहरुबाट कर असुल्न थालेपछि उपभोक्ता र यातायात व्यावसायीबीच विवाद शुरु भएको हो । पटके सवारीसाधन कर संकलन गरीरहेको हिले उत्तरपानी छिन्ताङ्ग ग्रामिण सडक उपभोक्ता समिति आँखीसल्लाले आँखीसल्ला, खोकु, छिन्ताङ्ग, चुङ्गमाङ्ग र बेलहाराबाहिरका सवारी साधनलाई पनि सडक मर्मत तथा सरसफाई कर असुलेको सार्वजानिक पहाडी ढुवानी व्यावसायी संघ धनकुटा नपा–१ हिलेका सचिव अमित लो तामाङले बताए । हिले–उत्तरपानी छिन्ताङ्ग ग्रामीण सडक उपभोक्ता समिति आँखीसल्लाका अध्यक्ष मातृका राईले सडक धेरै विग्रिएर मर्मत गर्नुपर्ने भएकोले समितिको निर्णय अनुसार केही ठूला सवारी साधनहरुबाट सडक सफाई वापत जिविसले तोकेभन्दा बढी कर संकलन गरिएको बताए । उनले सो रकम जिविसको खातामै जम्मा हुने र सम्झौता अनुसारको निश्चित प्रतिशतमात्र उपभोक्ता समितिलाई प्राप्त हुने र सो रकम सडक मर्मतमा नै खर्च गरिने बताए । सवारी चालकहरुले संघमा गुनासो गरेपछि बढी रकम असुल्ने कार्य बन्द गरिएको अध्यक्ष राईले दाबी गरे । तर यता सवारी चालकहरुले चाँहि आफूहरुलाई अझै बढी रकम कर बापत दिईरहेको गुनासो गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्