टेम्पो संचालन : सहयोग कि समस्या ?

टेम्पो संचालन : सहयोग कि समस्या ?

sandilya kafle

“आज बजार छिटो जानु छ” भनेर एकजना महिला कंचनबारी चोकक भन्दै थिईन | त्यतिकैमा एउटा टेम्पो आयो अनि सोझै नरोकी लाग्यो, हातले इसारा गर्दै “ खाली ठाउँ छैन”| खाली ठाउँ त हैन, टेम्पोले त्यहा भन्दा थाम्न नसक्ने भएर नहालेको, मैले मन मनै सोचे | यता र उता गर्दै त़ी महिला अर्को टेम्पोको पर्खाईमै थिईन | केहि बेर पछि अर्को टेम्पो आयो अनि अगाडीको टेम्पोको जस्तै सैलीमा गयो | घाम चर्केर १ वटाको साटो ५ वटा छन् जस्तो भएको छ | ति महिला केहि सिप न लागेर छेउमा बसिन रुखको छहारीमा | मैले भने “ आमा हजुरलाई हतार भए जस्तो छ, बसमा चढेर जानु न”| “चड्न देला त नानी?” मलिन स्वरमा ति महिलाले भनिन | आपत पर्दा काम नलागेको कैले काम लाग्लान त | केहीबेरमै बस आयो ,महिलाले बिनम्र भएर बिन्ति गरिन, “मलाई लगिदिनु न, लागेको भाडा दिन्छु , मलाई बजार जानु छ हतार परेको छ “|रुखो स्वरमा खलासी बोल्यो “ हुदैन लोकल मान्छे हुदैन, टेम्पोमा जानु ”| टेम्पो पाएको भए त्यो गाडीलाई कसले त्यति बिन्ति गर्ने र | आखिर गाडीले नि लागेन | कालो अनुहार भएर फेरी फर्किन उनि | मैले मन मनै धेरै कुरा सम्झे अनि अर्को गाडी आउदा म आफै गएर भने” यहाँ सुन्नु त , उहालाई बजार जान धेरै हतार परेको छ, टेम्पो पनि सबै भरिएर मात्र आउछ, यहाँ रोकेन, प्लिज लगिदिनु न उहालाई”| प्रति उतरमा हुदैन भन्ने जबाफ सुन्दा सुन्दै गाडीको धुलोले अनुहार पुरै ढाकि सकेछ | आखिर ति महिलाले गर्नु परेको कामलाई ढिलो त भयो नै आखिर अन्त्यमा रिक्साको महँगो भाडामा परेर आउनु पर्यो | ति महिला त एक प्रतिनिधि पात्र मात्र थिईन | यो समस्या जो कोहीलाई पनि परेको हुन्छ |

यो समस्या धेरै को समस्या हो, बजार बाट घर फर्किदा टेम्पो कुर्ने मान्छे बाटो भरि प्रसस्त भेटिन्छ | सबैको गुनासो सुनिन्छ, टेम्पो पनि कति भीड, त्यहि माथि चर्को भाडा | भाडा तिर्दा पनि बसेर जाने कुरा त परै जाओस , झुन्डिएर पनि जान पाइदैन | टेम्पो संचालन ससुराली गए  जस्तो मनपरी छ , बिहान कति बजे सुरु हुने र बेलुका कति बजे सम्म चल्ने टुंगो छैन | सायद सिण्डिकेट प्रणाली छ होला अनि त्यसमा त सबैको समय निर्धारण गरेको हुनु पर्छ, तर कैले बिहान घाम टल्केर माथि आउदा सम्म टेम्पो चल्न सुरु गरेको पाइदैन |

आफु पनि समय मा चल्न नसक्नु, भएका जति मान्छेलाई सेवा दिन नसक्नु अनि बस/ माईक्रो हरुलाई पनि मान्छे हाल्दा जरिवाना तिराउनु यो त कानुनी मुलुक मा अलिक सुहाएन हैन र ? सक्छौ भने टेम्पोको सेवा राम्रो देउ सक्दैनौ भने, हात उठाएर हामी सक्दैनौ भन, सक्ने अर्को देखा पर्छ |  ५ कि मि बाटो पनि मज्जाले न होला १५/२० रुपया भाडा लिन कुन कानुनले दिन्छ |

टेम्पो संचालन धेरै अर्थ मा राम्रो होला , तर टेम्पो ले दिएको दुख पनि बिर्सिनु हुदैन | हामी सधै अरुले दिएको दुख मा चुप लाग्ने हो भने अज त्यसले दुख बढाउने गर्छ | अब टेम्पो को विकल्प माईक्रो हुन सक्छ | टेम्पोले अहिलेको मान्छेको भारलाई थाम्न सकेन | आफुले नि जिम्मा लिएको कुरा पुरा गर्न न सक्ने अनि अरुले सहयोग गरेको देखेर कारबाही गर्छु भन्नु तिमीहरुको मुर्खता हुन सक्छ | आफ्नो धर्म निर्बाह गर अनि अरुको गल्तीलाई औलाले देखाउने गर |

कति बस्ने चुप लागेर अब उठ्ने हो आफै सस्कार बनाउन | उठ्ने हैन त ???

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्