नेपालको बिश्वकप खेल्ने सपना टुट्यो

नेपालको बिश्वकप खेल्ने सपना टुट्यो

अर्को बर्ष चिलीमा आयोजना हुने फिफा अण्डर सेभेन्टिन बिश्वकप खेल्ने नेपालको सम्भावना समाप्त भएको छ । थाइल्याण्डमा जारी एफसी अण्डर सिक्सटिन च्याम्पियनसिपको लिगाको अन्तिम खेलमा उत्तर कोरिया संग ४–१ को फराकिलो अन्तरले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरएको हो ।
बैङकक स्थित राजामंगला रंगशालामा भएको खेलमा नेपाल सुरुवात देखिनै उत्तर कोरियाले दवावमा राखेको थियो । खेलमा भएका पाचै गोल पहिलो हाफमानै भएका थिए । नेपाल सुरुवात्ी २७ मिनेट भित्र ३–१ ले पछि परी सकेको थियो । चौथौ मिनेटमानै उत्तर कोरियाका ह्योङ ह्योकले गोल गरेपछि नेपाल एक शुन्यले पछि परेको थियो । १२ औं मिनेटमा स्टार स्ट्राइकर बिमल घर्ती मगर वान भर्सेस वानमा चुक्नु नेपालका लागि सबै भन्दा ठूलो दूर्भाग्य सावित भयो । बराबरी गोल फर्काउने सुन्दर मौका पाएका बिमलले सिधै उत्तर कोरियाका गोल रक्षकको हातमा बल थमाएका थिए । प्रतिष्पर्धात्मक रुपमा अघि बढेको खेलको २३ औं मिनेटमा सोङ ह्योकले उत्तर कोरियाको अग्रता दोब्बर बनाए । २६ औं मिनेटमा अनन्त तामाङले हेड गोल गर्दै उत्तर कोरिया संगको दुरी दुइ एकमा झारे । तर २७ औं मिनेटमा क्वाङ सोङले उत्तर कोरियाका लागि तेस्रो गोल गरेपछि नेपाल लगभग हारको संघारमा पुगेको थियो । पहिलो हाफको इन्जुरी समयमा समेत नेपालको कम्जोरीको फाइदा उठाउदै सोङले ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । दोस्रो हाफमै ४–१ ले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्ने अपेक्षा गरिएको थियो । सुरुवातमा उत्तर कोरियाको पोष्टमा नेपालले एकपछि अर्को आक्रमण पनि ग¥यो तर गोल गर्न भने सकेन । ६७ औं मिनेटमा कप्तान बिमल एंकलमा चोट लागेपछि पछि मैदान बाहिरिए । उनको स्थानमा गएका हेमन्त गुरुङले गोल गर्ने केही कोसिस गरेपछि सफल हुन सकेनन । पाएका केही राम्रा अवसरलाई खेर फाल्दा नेपाल ब्रिश्वकप खेल्न बाट बञ्चित हुन पुग्यो । यदि नेपालले उत्तर कोरियालाई बराबरी मात्र रोकेको भए अर्को चरण प्रवेश गर्ने थियो । खेलको सुरुमा मैदानमा जम्न नसकेकाले उत्तर कोरियासंग पराजित भएको नेपाली टिमका सहायक प्रशिक्षक सुनिल श्रेष्ठले बताएका छन् । राजामंगला रंगशालामा खेल सकिएपछि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो हाफमा दोस्रो हाफको जस्तो प्रदर्शन गर्न नसक्नु टिमका लागि दुर्भाग्य भएको प्रतिक्रिया दिए । खेलमा विमल घर्तिमगरले सोचे अुनसारको प्रदर्शन गर्न नसक्नु र टिमले पाएका मौकाहरु गोलमा परिणत हुन नसक्नु दुबै पराजयको कारक रहेको बताएका छन् । तर प्रतियोगितामा टिमले गरेको प्रदर्शन प्रशंसायोग्य रहेको सहायक प्रशिक्षक सुनिलले बताए ।
यस्तै उत्तर कोरियाली प्रशिक्षक योन क्वाङ मुले पनि नेपाली टिमको प्रदर्शनको प्रशंसा गरे । उनले नेपाली युवा टिमको कम्बिनेसन र स्पीड निकै राम्रो रहेको प्रतिक्रिया दिए । यसअघि नेपालले लिगको पहिलो खेलमा उज्वेकिस्तान संग एक एक गोलको बराबरी खेलेको थियो भने कुबेतलाई २–१ ले पराजित गरेको थियो । ०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्