युवा अघी सर्छ , देश अघी बढ्छ ! – कल्यान राज घिमिरे

युवा अघी सर्छ , देश अघी बढ्छ ! – कल्यान राज घिमिरे

kalyan

जब जब समाज अनि राष्ट्रको विकासको कुरा उठ्छ , हामी सबै भन्ने गर्छौ कि युवा शक्ति जागरुक हुनु जरुरि छ यो देशमा तर बिडम्बना सबै एक अर्काको मुख ताक्ने मात्र छन् यहाँ | निक्कै सजिलो छ अरुले पकाएको खाना खानु त तर जब आफुले पकाउनु  पर्ने बाध्यता हुन्छ , हामी  चाउ चाउ र चिउरामा छाक टारछौ तर मेहेनत गरेर खान बनाउदैनौ | यस्तै हालत छ बिहानी पख चिया पसल मा चिया को चुस्की तान्दै , अखबार को समाचार पढेर औल ठडयाउदै भासन गर्ने ठुटे नेताहरुको | के यो राष्ट्र बनाउने जिम्मा युवाहरु कै काधमा आएको हो त ? यस्तो भासन गरेर आफुलाई पानि माथि ओभानु बनाउन खोज्ने व्यक्तिले वास्तवमा युवाहरुको आवस्था कस्तो छ यो देशमा त्यो बुझ्न जरुरि छ | भनिन्छ युवाहरु काचो माटो हुन् , जसरि काचो माटो प्रयोग गरेर मूर्तिकारले सुन्दर मुर्तिको निर्माण गर्छ त्यसरी नै युवाशक्तिो सदुपयोग गर्न सके एउटा सुन्दर समाजको निर्माण हुन्छ|

युवा आवस्थामा मानिसहरुको धैरियागर्न सक्ने छ्यमता एकदमै कम हुन्छ उनीहरुमा तातै खाऊ,जली मरु भन्ने भावना हुन्छ त्यसैले उनीहरुलाई एउटा असल मार्ग दर्शकको जरुरि पर्नेगर्छ जस्मा प्रमुख भूमिका उनीहरुको परिवारको हुन जान्छ | आज भोलि धेरै युवा युवतीहरु एक्लोपनको कारणले गर्दा लागु पदार्थको दुर्बेसनमा फसिरहेकाछन् , भने कतिले त आत्महत्या गर्न सम्म पनि  पछि परेनन् | के आत्महत्या नै समस्याको समाधान हो त ? यस्ता विभिन्न प्रशनहरु हामी माझ सधै आइ रहेका हुन्छन र यसको विकल्प पनि हामी संग नै छ तर हामी मौन छौ यो विषयमा  किनकि हामीलाई म, मलाई र मेरो भन्ने कुरा नै प्यारो छ | के फाइदा आरुको निम्ति समय खर्चेर आफ्नो ढुकुटी भरिने भए पो , हामी मध्ये धेरैको जवाफ यहि नै हुन जान्छ | तर हामीले यो कुरा बुझ्न जरुरि छ कि अरुलाई घोच्ने काँडा आफुलाई पनि घोच्छ भनेर | हामी आज भोलि व्यक्तिवादी र भौतिकवादी , आफ्नु बाहेक अरुको बारेमा सोच्ने हामीसंग फुर्सद नै छैन | तर एउटा सामाजिक प्राणी भएर जन्मिएपछि हामीले सामाजिक उत्तरदाहित्व पनि बहन गर्न सिक्नु पर्छ | भनिन्छ समाज एउटा पर्खाल हो अनि हामी त्यसको  इट्टा , युवाहरुलाई सत्मार्ग तर्फ डोर्याउने अर्को मुख्य जिम्मेवारी समाजको हुन जान्छ | तर हाम्रो समाजलाई  त कुरीति र बिकृतिले छपक्क छोपिसकेको छ अनि हामी त्यसलाई निर्मुल पर्नुको सत्ता अझै प्रोत्सान गरिरहेका छौ | कहिले सम्म चल्छ यस्तो ? के सिक्नेछन युवा पुस्ताले यसबाट ? त्यसैले हामीले व्यक्तिगत स्वार्थ भुलेर आफ्नु आफ्नु ठाउँबाट विशेष कदम चल्नु जरुरि देखिन्छ | एउटा किराना पसलेले नाबालकलाई सुर्तीजन्य पदार्थ नाबेच्दा के उसको व्यापार घाटामा जान्छ र ? क्याम्पस व्यवस्थापनले आफ्नु विद्यार्थीको अनुसासन र पोसाकमा कडाई गरे के उनीहरु असक्छ्यम ठहरिन्छन्  र ? तर बिडम्बना आज भोलि हामी मानिसहरुमा व्यक्तिगत स्वार्थ हावी हुदै गैरहेको छ जसले गर्दा हामी आफु बाहेक अरुको बारेमा सोच्न पनि सक्दैनौ | यदि हामी सबैले संकल्प गरेर आगाडी बढ्ने हो भने हाम्रो समाजले हजारौ फूलहरु फुलाउने छ , उनीहरुले नै भोलिको सुन्दर राष्ट्र  नेपालको निर्माण गर्नेछन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्