३ सय रुपैया दिएर कार्यक्रम बिनै बजेट झ्वाम्

३ सय रुपैया दिएर कार्यक्रम बिनै बजेट झ्वाम्

मोरङको थलाह गाविसमा अपाङ्गता भएका व्यक्तिहरुको लागि छुट्याएको बजेट कार्यक्रम नै नगरी सकिए पछि स्थानीयले बिरोध गरेका छन् । सो गाविसमा आएको २० हजार रुपैया कर्मचारीहरुले भागवण्डा गरि सकाएको आजको उज्यालो दैनिकले समाचार छापेको छ ।
अर्को गाविसका राजाराम सरदारलाइ ३ सय रुपैयाको प्रलोभनमा पारी कार्यक्रम सकिएको भन्ने पुष्टि गराइएको स्थानीय अपाङ्ता अभिभावक गौरा सरदारले बताइन् ।
गाविसका कर्मचारी ध्रुव भट्टराइ र सचिव भोजराज खवासको मिलेमतोमा भ्रष्टाचार भएको जनाउदै उज्यालोले यसबारे सचिव खवासले आफुलाइ केहि जानकारी नभएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्