एसियाड आजदेखि

एसियाड आजदेखि

एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो खेलमेला १७ औं एसियाली खेलकुद (एसियाड) शुक्रबारदेखि दक्षिण कोरियाको इन्चोनमा सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन शुक्रबार साँझ इन्चोन एसियाड स्टेडियममा हुने भएको छ। एसियाडको औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि फुटबलका खेल भने भदौ २९ गतेदेखि नै सुरु भइसकेका छन्।

एसियाका ४५ राष्ट्रको सहभागिता रहने उक्त प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ। प्रतियोगितामा कुल नौ हजार चार सय २९ जना खेलाडीले चार सय ३९ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। सहभागी खेलका लागि ४९ वटा खेलस्थल तयार पारिएको छ।

एसियाडमा २५ खेलमा भाग लिन लागेको नेपालबाट दुई सय चारजना खेलाडीले सहभागी हुँदै छन्। एसियाडमा सबैभन्दा बढी खेलाडी चीनले सहभागी गराएको छ। चीनले आठ सय ९४ खेलाडी इन्चोन पठाएको छ। दोस्रोमा आयोजक राष्ट्र दक्षिण कोरिया छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्