झोराहाटमा बालअधिकार तालिम शुरु

झोराहाटमा बालअधिकार तालिम शुरु

अनौपचारिक क्षेत्र सेवा (इन्सेक) विराटनगरको आयोजनामा आजदेखी झोराहाटमा बालअधिकार सम्बन्धि दुई दिवसीय तालिम शुरु भएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेबार निकायलाई जवाफदेहि बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत विद्यालयमा गठन भएका बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरिएको हो ।
इन्सेक विराटनगरका वागमती कट्टेल, कार्यक्रम संयोजक रमेश अधिकारी, इन्सेक प्रतिनिधि सुकदेब चौधरी लगायतले तालिमको सहजीकरण गरिरहनु भएको छ ।
दुई दिन सम्म संचालन हुने तालिममा झोराहाट, भौडाहा, मोतिपुर, वनिगामा र थलाहाका छ विद्यालयका बालअधिकार चेतना समूहका ३१ जना बालबालिकाहरुको सहभागीता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्