हाटखोला भेट्रान क्लब बिजयी

हाटखोला भेट्रान क्लब बिजयी

विराटनगर, असोज४ विराटनगरमा आजदेखी सुरु भएको दोस्रो गंगाविसन राठी स्मृति भेट्रान फुटबल प्रतियोगिताको उद्घाटनग खेलमा हाटखोला भेट्रान क्लब बिजयी भएको छ ।
युनाइटेड स्पोर्टस क्लबले आयोजना गरेको फुटबल प्रतियोगिता अन्तरगत खेलमा हाटखोला भेट्रान क्लबले युनाइटेड स्पोर्टस क्लब (रातो)लाई १–० को गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको म्यान अफ दि म्याच हाटखोलाका पदम श्रेष्ठ घोषित भए । प्रतियोगितामा झापा, सुनसरी र मोरङका गरी आठ वटा टिमले सहभागिता जनाएको छ । दमक भेट्रान क्लब, धरान भेट्रान क्लब, दुहबी भेट्रान क्लब तथा विराटनगरका मिल्स भेट्रान क्लब, हाम्रो स्वास्थ्य क्लब, हाटखोला भेट्रान क्लब, युनाइटेड स्पोर्टस क्लब (रातो) र युनाइटेड स्पोर्टस क्लब (निलोे) ले प्रतियोगितामा सहभागिता जनाएका हुन् । प्रतियोगितामा प्रथम र दोस्रो हुनेले जनही नगद ५० हजार र २५ हजार रुपैयाँका साथ शिल्ड जित्ने छन् । त्यसैगरि प्रत्येक खेलमा म्यान अप्m दि म्याच र प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीलाई व्यक्तिगत विभिन्न पुरस्कार दिने समेत बताएको छ ।
भोलीको खेल दमक भेट्रान क्लब र विराटनगरको मिल्स भेट्रान क्लबबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्