इटहरीमा वृक्षरोपण

इटहरीमा वृक्षरोपण

हरित नगरी इटहरी बनाउने अभियान अन्र्तगत आज खोर्सानेखापबाट वृक्षरोपण सुरु गरिएको छ । इटहरी नगरपालिका, उद्योग वाणिज्य सङ्घ र किप इटहरि क्लिन अभियान समूहसमेतको सक्रियतामा १० हजार बिरुवा २० हजार हातहरु भन्ने नाराकासाथ इटहरी नगरको विभिन्न वडा, टोल र बस्तीमा बिरुवा रोपिएको हो ।
इटहरीको पर्यटकीय क्षेत्र खोर्सानेखाप र तालतलैया क्षेत्रबाट बिरुवा रोपेर अघि बढेको वृक्षरोपण अभियान इटहरी–९ को मुस्लिम समुदायको सघन बसोवास रहेको गाउँमा पुगेर सम्पन्न भएको थियो ।
यसै क्रममा अन्तर्राष्ट्रिय सरसफाइ दिवशका अवसरमा वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले भावी पुस्तालाई सुन्दर वातावरणीय सम्पत्ति हस्तान्तरण गर्नका लागि पनि बिरुवा रोप्नु अनिवार्य भएकोमा जोड दिनुभयो ।
मन्त्री आचार्यले वन विनास हुन नदिन र चुरे संरक्षण गरी भावी पुस्तालाई सुन्दर प्रकृतिको जिम्मा लगाउनका लाग यस आर्थिक वर्षदेखि १० वर्षको अवधिलाई वन वर्षका रुपमा मनाउने तयारीमा सरकार लागेको पनि जानकारी दिनुभयो ।
केही सीमित र मुट्ठीभर व्यवसायीको निहित स्वार्थ पूरा गर्नका लागि सञ्चालित उद्योग व्यवसायका कारण चुरे क्षेत्र र खोलानाला क्षेत्रमा व्यापक विनास हुँदा अहिले नै हामीले ठूलाठूला प्राकृतिक विपत्ति झेल्नुपरेको उल्लेख गर्दै मन्त्री आचार्यले सो क्षेत्रलाई विपत्तिबाट जोगाउन हामी सचेत हुनुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्