बेगवानी दम्पती हत्यामा संलग्न थप दुई पक्राउ

बेगवानी दम्पती हत्यामा संलग्न थप दुई पक्राउ

सप्तरी हनुमाननगर ५ का बेगवानी दम्पती हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेगवानी हत्यामा संलग्न रही फरार सुनसरी श्रीपुर ३ का २२ बर्षिय मोहमद साबिर मिँया र श्रीपुर ७ भाण्टाबारी का २५ बर्षिय ईनरदेव कामत रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक मसऊद आलम खाँ र पूर्वक्षेत्रीय प्रहरी विशेष शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा खटिएका प्रहरी टोलीले सुनसरीको नरसिङ ९ चिरौलीबाट पक्राउ गरेका हो ।
पक्राउ परेका दुबैजना वेगवानी दम्पती हत्या, उनीहरुको घरबाट गरगहना डकैतीमा लुटपाट, र नेपाल तथा भारतमा अन्य आपराधिक गतिविधीमा समेत सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गत बैशाख २२ गते सप्तरी हनुमाननगर ५ का ५५ वर्षिय कपडा व्यवसायी प्रेमसुख बेगवानी र उनकी ५२ बर्षिय श्रीमती सरोज देवी बेगवानीलाई आफ्नै घरमा सुतीरहेको अवस्थामा हत्या गरी घरमा लुटपाट भएको थियो । दुबैजनालाई प्रहरीले सनिबार राती पक्राउ गरि आइतबार सार्बजनिक गरेको हो । यसअघि हत्यामा संलग्न दुई जनालाई प्रहरीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल, २ राउण्ड गोली, पिलास, रड, बन्चरो, पेचकस, रेन्च सहित पक्राउ गरि जिल्ला अदालत सप्तरीमा पेश गरेको थियो ।
पक्राउ परेका दुबैलाई प्रारम्भिक अनुसन्धान पश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाईने क्षेत्रीय प्रहरी कार्यालय बिशेष ब्युरोका प्रमुख राज कुमार बैदवारले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्