हस्पिटलमा पुस्तकालय

हस्पिटलमा पुस्तकालय

narayan

बुटवलको हस्पिटललाईनमा अबस्थित बुटवल हस्पिटल प्रालि जहाँ विभिन्न किसिमको उपचार तथा सल्यक्रियाको राम्रो ब्यबस्था भएकाले बिरामीहरुको राम्रै चाप हुदोरहेछ | मलाई पनि मेरो आमाको  घाटीमा पलाएको मासुको सल्यक्रियाको क्रममा उक्त हस्पिटलमा एक हप्ता बिताउनु परेको थियो | सायद त्यो नै थियो होला मरो सबै भन्दा लामो हस्पिटल बसाई | त्यो हस्पिटल जस्तै नेपालका ठुला ठुला हस्पिटलहरु बिर हस्पिटल, त्रिपुरेश्वरको आखा अस्पताल, पाटनको हस्पिटल,  महाराजगन्जको टिचिंग हस्पिटल , बुटवलको अंचल हस्पिटल, बानेश्वरको सिभिल हस्पिटल लगाएत देश भरि फैलिएका विभिन्न सरकारी तथा प्राइभेट हस्पिटलहरु जहाँ बिरामीको बढी चाप हुन्छ अनि बिरामि कुरुवाको पनि ठुलै जमात हुने नै भयो | हामीले देखे भोगेको कुरा के भने बिरामीका कुरुवा जो आफ्ना बिरामी आगन्तसंग हप्तौ बिताउनु पर्नेहुन्छ ,समय बिताउने राम्रो माध्यमको खोजीमा हुन्छन् | बस्दा बस्दा दिक्क नै परेका हुन्छन कतिपय त बिरामी नै पर्छन, आफै डिप्रेसनमा पनि परेको भेटिन्छ |

हाम्रो देशका सबै जसो हस्पिटलहरुमा बिरामी तथा कुरुवाको मानसिक अवस्थाको खासै ध्यान पुर्याए जस्तो देखिदैन | उनीहरुका बास्तबिकतालाई बुझेर मोटिभेसन दिने, स्ट्रेस म्यानेज  कसरि गर्ने , बिरामीको हेरचार कसरि गर्ने , प्राथमिक उपचार कसरि गर्ने लगायत विभिन्न  इनोभेटिभ आईडीया क्रीएट गर्ने किसिमका पुस्तक तथा विभिन्न साहित्यिक पुस्तकहरु समेटेर एउटा सुबिधा सम्पन्न पुस्तकालयको जरुरी सायद धेरैले महसुस गर्नु भएको होला मैले जसरी |

 

हाम्रा देशका सुबिधा सम्पन्न गनिएका हस्पिटलहरुमा समेत यस्ता कुराहरु खासै ध्यान पुर्याएको भेटिदैन | मलाई सबै हस्पिटलको बारेमा त थाहा छैन तर म पुगेका प्राय जसो हस्पिटलमा यसो पत्रपत्रिकाको र केहि किताबहरु बाहेक मन बहलाउने अरु केहि अन्य सामग्री भेटेको छैन |काठमाडौँका कतिपए अस्पतालले केहि मात्रामा पत्रिका तथा केहि किताबहरु राखेर सानो अनौपचारिक पुस्तकालय राखे पनि चाहिने जति मात्रामा पुस्तक लगायत पुस्तकालय बाताबरणको कमि नै छ |

यसो हेर्दा अलि अचम्म लाग्ने भए पनि हस्पिटलमा लगभग दुई तिन दिन जति बिताएका हरेकले महसुस गरेको हुनुपर्छ पुस्तकालायको कुरा | मलाई के लाग्छ भने हस्पिटलहरुले जुन रुपमा भौतिक तथा अन्य सुभिधाका लागि करोडौ रकम खर्च गर्छन त्यसको एक दुई प्रतिसतमात्र खर्च गरे भने पनि यस्तो पुस्तकालय स्थापना हुन खासै गारो हुदैन | साथै अबको २१औं शताब्दीमा बिरामीको शारीरिक अवस्था मात्र नभएर मानसिक अवस्था पनि ख्याल राख्न सक्ने ब्यबस्थाको जरुरी देखिन्छ |

 

पुस्तक अनि पुस्तकालयको बयान सयाद कसैले गरिरहनु पर्दैन | एउटा पुस्तकले पनि हाम्रो जिन्दगि नै बदलिदिन सक्ने क्षेमता हुन्छ | जिन्दगीको गोरेटो नै परिबर्तन हुन सक्छ | एउटा हस्पिटलमा एउटा पुस्तकालय ब्यबस्था हाम्रो सरकारी नीतिमै भए राम्रो हुन्थ्यो होला | हाम्रा समाजका पहुचवाला व्यक्तित्वहरु बुधिजीबीको नजरमा यी कुरा पुग्न सके कति राम्रो हुने थियो |

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्