विमल घर्तिमगरमाथि फिफाको नजर

विमल घर्तिमगरमाथि फिफाको नजर

आजको नागरिक दैनिक लेख्छ खेल सकिन केही सेकेन्डमात्र बाँकी थियो । नेपाललाइ शून्य एकले पछि पार्दै पाकिस्तान जितको एकदमै नजिक थियो । घरेलु मैदानमै राष्ट्रिय टोली पछारिने अवस्थाले दर्शक निराशामा डुवेका थिए । कति त धमाधम रंगशाला बाहिरिदैं थिए । अन्तिम सेकन्डमा यस्तो आँधी आएजस्तो भयो, जस्ले खेलको रुपरेखा नै फेरिदियो । वैकल्पिक खेलाडीको रुपमा भित्रिएका जर्सी नम्बर २५ का एक युवा खेलाडीले घिटिघिटीको अवस्थामा गोल ठोकिदिएर नेपालीको टोलीको प्राण जोगिाइदियो । गोल गरेर बराबरीमा ल्याएका ती युवा खेलाडी जर्सी फुकालेर आफ्नो खिरिलो नांगो ज्यान देखाँउदै मैदामा कुदे । दर्शकदीर्घा उनको नाम लिएर चिच्याउन थाल्यो, विमल... विमल ...विमल... । विमलको युरोपको एन्डरल्कको युवा टोलीमा अनुबन्धित भएपछि लोकप्रियता बढेको छ । पछिल्लो समष् विश्व फुटवलको सर्वोच्च निकाय फिफाले समेत उनीमाथि नजर लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्