आन्दोलनबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्तव्यस्त

<span class='c1'>आन्दोलनबाट बिपी कोइराला स्वास्थ्य</span> <span class='c2'>विज्ञान प्रतिष्ठान अस्तव्यस्त</span>

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी कल्याण समाजले थालेको आन्दोलनले नौ दिन हुदाँ पनि समस्याको निकास दिनका लागि सम्बन्धित निकायले कुनै पहल गरेको छैन ।
आन्दोलनका कारण उपचारमा आउने बिरामीले सास्ती ब्यहोर्नु परिरहेको छ ।
बिरामीले भोग्दै आएको सास्तीलाई नौ÷नौ दिनसम्म पनि नदेखे झैँ गरेको भन्दै प्रतिष्ठान पदाधिकारी र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नागरिक अधिकार संरक्षण समिति धरानले आँखामा कालोपट्टि बांँधेर एक घण्टा धर्नामा बस्दै अविलम्ब समस्याको निकास दिनसम्बन्धी सबैलाई आग्रह गरेको छ ।
प्रतिष्ठानमा कार्यरत कर्मचारी आन्दोलनका कारण प्रतिष्ठान अस्तव्यस्त हुँदै गएको र सेवाग्राहीले ठूलो पीडा भोगिरहेको अवस्थामा समेत जिम्मेवार व्यक्ति र निकाय कसैको ध्यान नगएकाले उनीहरूको ध्यानाकर्षण गराउन व्यङ्गात्मक विरोध गरेको समितिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।
उहाँले आन्दोलनबाट नभई वार्ताको माध्यमबाट तुरुन्त कर्मचारीको जायज मागलाई सबोधन गर्नुपर्ने र प्रतिष्ठानको सेवा सुचारु हुनुपर्ने कुरामा पनि जोड दिनुभयो ।
यसैबीच नेपाली काँग्रेसका क्षेत्रीय सभापति चन्द्रप्रसाद श्रेष्ठ, नेकपा (एमाले)का नगर इन्चार्ज तथा जिल्ला सदस्य प्रदीप भण्डारी, काँग्रेस नगर सभापति किशोर राई, एमाले नगर अध्यक्ष तारा सुब्बा, प्राध्यापक तारा निरौला, चन्द्र सुब्बा, जीवन राईलगायतले समेतले तत्काल समस्याको सम्बोधन हुनुपर्ने माग गर्नु भएको छ ।
कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले भदौ ३० गते भएको प्रतिष्ठानको सञ्चालक परिषद्को बैठकले समाज र प्रतिष्ठानबीच सम्झौता भएका सहमतिलाई सिनेटले अनुमोदन गराउनेतिर प्रतिष्ठान पदाधिकारीले चासो नै नराखी विरोधको भाषा प्रयोग गर्नु दुःखद् पक्ष बनेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्