इलामका किसान चिन्तित

<span class='c1'>इलामका किसान</span> <span class='c2'>चिन्तित</span>

अदुवामा गानो कुहिने, पात पहेंलिने जस्ता रोग लाग्न थालेपछि इलामका किसान चिन्तित छन् ।
अदुवाको माउ झिकेपछि गानो कुहिएर बोट नै पहेंलो हुने रोग देखिएको छ । महँगोमा बीउ खरिद गरेर अदुवा रोपेका किसान रोगले अदुवाका बोट मर्न थालेपछि लाखौँ रकम डुब्ने पीरले चिन्तित बनेका हुन् ।
अघिल्लो वर्ष अदुवाको मूल्य बढेपछि उत्साहित बनेर खेती बढाएका किसान अहिले रोगका कारण बीउको नै मूल्य नउठ्ने हो की भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।
इलामका विभिन्न भेगमा लगाइएको अदुवामा रोग लागेकाले यो वर्ष अदुवा उत्पादन झन्डै २० प्रतिशत घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
कार्यालयका बाली संरक्षण अधिकृत बुद्धिराम भट्टराईका अनुसार अदुवामा ढुसी र ब्याक्टेरियाजन्य रोगको सङ्क्रमणले उत्पादनमा कमी आउने देखिएको छ । रोग नियन्त्रण गर्न कपरअक्सिक्लोराइड, सार्प र मेलिजमाइसेन औषधिको प्रयोग गर्न भट्टराईले सुझाव दिनुभयो ।

“रोग नियन्त्रण गर्न प्रयास गरे पनि नसकिएको सुम्वेकका नारदमणि लम्सालले बताउनुभयो । रोगको निदान नहुने हो भने अदुवाखेती मासिएर जाने अवस्थामा पुगेको इलाम नामसालिङका व्यापारी अग्नि घिमिरेले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार अदुवा बिक्रीबाट जिल्लामा वार्षिक साढे तीन अर्ब रूपैयाँ भित्रिने गर्दछ ।
जिल्लामा गएको वर्ष तीन हजार १६६ हेक्टरमा अदुवाखेती गरेर ४५ हजार ८९४ मेट्रिकटन अदुवा उत्पादन भएको थियो । हाल जिल्लामा माउ अदुवाको मूल्य प्रतिमन तीन हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
जिल्लाको फाकफोक, एकतप्पा, सोयाङ, नामसालिङ, मङ्गलबारे, जीतपुर, इलाम नगरपालिका, सुम्वेक, शान्तिडाँडालगायतका गाविसमा अदुवाको व्यावसायिक खेती गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्