डण्डीको तौल घटी पाइएपछि बिक्रीमा रोक

डण्डीको तौल घटी पाइएपछि बिक्रीमा रोक

दुईवटा कम्पनीको डण्डीको तौल घटी पाइएपछि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले त्यसको बिक्रीमा रोक लगाएको छ ।
पशुपति आइरन एन्ड स्टील उद्योग र हुलास स्टीलका डण्डीको बिक्रीमा रोक लगाइएको कार्यालयले जनाएको छ । ती कम्पनीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुनसमेत पत्राचार गरिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च, वाणिज्य कार्यालय, गुणस्तर तथा नापतौल कार्यालयसहित पत्रकारको संयुक्त टोलीले आज विराटनगरका हार्डवेयर पसलमा बिक्रीका लागि राखिएका फलामे डण्डीका मुठो जाँच गर्दा तौल घटी पाएको हो ।
अनुगमनका क्रममा प्रत्येक मुठोमा एक किलो घटी तौल पाइएको र एक किलो १०० ग्रामसम्मको हुक प्रयोग गर्ने गरिएको तर सो हुक उपभोक्तालाई नदिँदा दुई किलो बराबरको डण्डीको मूल्य ठगी हुने गरेको गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी गराउनुभयो ।
मुलुकभर वितरण गरिने ती कम्पनीका डण्डीको प्रत्येक मुठोमा एक–एक किलो कम पाइएपछि लाखौं उपभोक्ता ठगिएको हुनसक्ने अड्कल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्