पेस्तोल सहित एक युवक पक्राउ

<span class='c1'>पेस्तोल सहित एक</span> <span class='c2'>युवक पक्राउ</span>

विराटनगर, असोज ९
मोरङको बुधनगरबाट मोरङ प्रहरीले कटुवा पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधनगर–९ स्थित वाइद मियाँको घरवाट कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई राउण्ड बरामद गरेको छ । विषेश सुराकीमा मियाँको घरमा हतियार छ भन्ने सुचना पाएपछि पुगेको प्रहरी टोलीले विहिवार विहान १ वजे छापामारी घर खानतलासी गर्दा बेडको सिराने मुनि लुकाई राखेको अवस्थामा उक्त हतियार बरामद भएको हो । घर मुलि मियाँ घरमा फेला नपरेपछि आवश्यक अनुसन्धानका लागी मोरङ नोचा–५ का १८ वर्षीय अतिपुर रहमानलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्