आपसी विवादमा एक युवकको मृत्यु

आपसी विवादमा एक युवकको मृत्यु

मोरङको उर्लावारीमा आपसी विवादमा भएको झगडामा एक युवकको मृत्यु भएको छ । उर्लावारी –२ का धौलसिंह राईका २२ वर्षीय छोरा नविन राईको मृत्यु भएको हो । बुधवार राती साँढे १० वजे उर्लावारी बजारमा स्थानिय २४ वर्षीय सुभाष तामाङले टाउकोमा ढुंगाले हान्दा राई गम्भिर घाइते भएका र उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
युवाहरु विच झै–झगडा भइरहेको खवर पाउनासाथ इलाका प्रहरी कार्यालय उर्लावारीवाट पुगेको प्रहरी टोलीले राईमाथी ढुंगा प्रहार गर्ने तामाङलाई पक्राउ गरेको जनाइएको छ । मृतक राईको शव पोष्ट मार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र मंगलवारे उर्लावारीमा राखीएको छ भने पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय उर्लावारीको हिरासतमा राखी आवश्यक अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्