ओछुयानमा लुकाएको पेस्तोल बरामद

ओछुयानमा लुकाएको पेस्तोल बरामद

ओछ्यानमा लुकाएर राखिएको एउटा पेस्तोल र त्यसमा लाग्ने गोली सहित प्रहरीले मोरङको बुधनगरबाट एकजनालाई पक्राउ गरेको छ ।  मोरङको बुधनगर ९ बाट एउटा कटुवा पेस्तोल र २ राउण्ड गोली सहित प्रहरीले नोचा– ५ का अतिपुर रहमानलाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटीएको प्रहरी टोलीले स्थानीय वाहिद मिंयाको घरमा राती १ बजे खानतलासी गर्दा हतियार बरामद भएको मोरङका प्रहरी नायव उपरिक्षक प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो ।  मियाँको घरमा पाहुना आएका रहमानलाई हतियार सहित पक्राउ गरेपछि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब ढकालको भनाई छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्