मोरङमा डुबेर २ बालिकाको मृत्यु

मोरङमा डुबेर २ बालिकाको मृत्यु

मोरङमा डुबेर २ बालिकाको मृत्यु भएको छ । हिजा साँझ मोरङको नोचा ३ मा नहरमा डुबेर स्थानीय दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा नोचा ३ का सन्तोष मण्डलकी ५ बर्षिय छोरी छायाँ कुमारी मण्डल र सोही स्थना बस्ने राम लोचन मण्डलकी ३ बर्षिय छोरी कान्छीकुमारी मण्डलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय नहरको कल्भर्टमा खेल्ने क्रममा एक्कासी नहरमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मृतक बालिकाहरुको शव पोष्टमार्टको लागि जिल्ला अस्पताल रंगेलीमा राखिएको छ ।
................

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्