प्रिय खुशी – पुरुशोतम भण्डारी

प्रिय खुशी – पुरुशोतम भण्डारी

purusotam dai

प्रिय खुशी,

तिमीलाई कस्तो छ भनेर सोधिरहनु पर्दैन होला किनकि तिमि त सधैं कि खुशी , कि कसो रु म पनि आजका दिन सम्म त ठिक(ठाक नै छु १तिम्रा तिर नया(नौलो के छ रु हाम्रा तिर त सधैं को झमेला यथावत नै छ १ कहिले राजनीतिक झमेला , कहिले सामाजिक झमेला त कहिले ूठुल्दाईू प्रवित्तिका छिमेकी संगको झमेला १कुन्ता कि त बुहारी झन् त्यसमा पनि भटमास खाएकी भन्ने उखान झैं , कुन्ताको त समस्या नै समस्यामा अल्झिएको हाम्रो देश , झन् अहिले त बाढी(पहिरो ले गर्दा बेहाल भएको छ १ बडा(दशैं जस्तो चाड(वाड मा पनि घरबार बिहिन भएर बाँच्नु परेको छ १ धेरै भयो तिम्रो बारेमा खोज(खबर नगरेको १ खै १ तिमि पनि त खोज(खबर केहि गर्दिनौ १ किन होला रु कतै तिमि पनि हामि जस्तै झमेला मा त फसेकी छैनौ नि रु आज निकै लामो समय पछि तिम्रो सम्झना आयो र यो पत्र लेख्दै छु १

हुन त तिमि हामि जस्तो झमेलामा पर्नु नपर्ने हो १ तिमि त सबै तिर सबैका लागि समानरुपले एड्जष्ट हुन सक्छ्यौ , कि कसो रु सामान्य जीव देखि आफुलाई सर्वश्रेष्ठ प्राणि ठान्ने मानिस सबैका अंतर्कुनामा अटाएर बस्न सक्छ्यौ , हैन र रु चाहे सज्जन ले राम्रो कार्य गरेर पाएको प्रतिफल मा लामो सास फेरेर ढुक्क भएर बसेको बेला होस् या दुर्जन ले खुँडा उठाएर निर्दोष जीव लाई वली दिने बेलामा छयाप्प घांटी छिनालेको अवस्थामा होस् , तिमि त हरेक अन्तर(कुन्तर मा अटाउना सक्छ्यौ १ यस्तो विशिष्ट गुण भएकी तिमीलाई त हाम्रो जस्तो झमेला आउनु नपर्ने हो १ कि तिमीलाई पनि कसैले आफ्नो पेवा ठानेर बन्धक त बनाएका छैनन् रु हाम्रा तिर त आफु नाइके हुन पाएनन भने सडक देखि सदन सम्म नै पो ठप्प पारिदिन्छन १ कि तिमीलाई पनि कसैले अपहरण पो गरेर दुरुपयोग पो गरिरहेका छन कि रु हैन भने त तिमि हामीलाई बिर्सी हाल्ने खालकी त थीइनौ १ के कारण ले हो त हाम्रा तिर चाहिं आउन बिर्सिएकि रुकि सांच्चिक्कै हामीलाई माया नै मारेकी हौ नि रु के हो रु

याहाँ हामि चाहिं तिम्रो चिन्ताले ठाडै सुकिसकेका छौं १ राम्रा मान्छेले राम्रो उदेश्य ले तिमीलाई सदुपयोग गरे त राम्रै हुन्थ्यो , ढुक्क नैहुन्थ्यौं ता नि १ अचेल भरि त जो पायो त्यसले आफ्नो स्वार्थ र सजिलोका लागि तिमीलाई दुरुपयोग गरेको देखेर नै हामीले तिम्रो चिन्ता गरेका हौँ १ चोर(डाका , काला बजारियाहरू , गल्लीका गुण्डा देखि राष्ट्रिय अनि अन्तराष्ट्रिय माफिया हरुले नराम्रो कार्य गरेर दिन(दहाडै अत्याचार गरेर हिड्ने हरुले चाहिं तिमीलाई सजिलै पाउने १ समाजको लागि के के न गरेको छु भनेर फुर्ति लाउने चाकरीबाज हरुले पनि तिमीलाई नै पाउने १ अनि अरुको भलो होस् भनेर ज्यु(ज्यान दिएर , आफु घोटिएर, दिन(रात खटेर अध्यन(अनुसन्धान गर्ने र त्याग(तपस्या गरेर सामुहिक भलाईको लागि सहि प्रतिफल आओस भनेर पर्खिने हरुका लागि चाहिं , ढुंगा को मुर्ति अगाडी गएर सलामी दिएर , तिनै माथिका चोर(फटाहा हरुको गुलामी गरेर मात्रै तिमीलाई पाउने रु यो कस्तो चलन हो रुतिमीले आफैले यस्तो चरित्र देखायौ भने असल कार्य गर्नेहरुले कसरि प्रेरणा पाउलान त रु

मैले त सुनेको अनि पढेको पनि थिएँ कि अध्यात्मवाद र भौतिकवाद मा विभाजित यो संसार मा जुनसुकै क्षेत्र रोजे पनि धेरै साधना र संघर्ष गर्नेले मात्रै सहि किसिमले तिमीलाई प्राप्त गर्न सक्छन तर यहाँ त यो के सुन्नु र देख्नु परेको हो कि जसलाई जे मन लाग्यो त्यहि गर्ने र जति बेला मन लाग्यो त्यतिबेला आधा (अधुरा कुराहरुलाई चटके ले चटक देखाए जसरि बाँदर (नाच गर्दा पनि तिमीलाई नै पाउने १ यो के हो रु के यहि हो त तिमीलाई पाउने तरिका रुकि तिमि पनि आजको चका(चौंध मा मख्ख परेर जता(जता क्यामेराका झिल्का झल्याक(झुलुक गर्छन , त्यतै तिर मख्ख परेर दौडिन थाल्यौ रु

अन्त्यमा , रिसाए पनि नारिसाए पनि एउटा कुरो बाँकी छ , सुन है रु भन त , तिमि साधना र संघर्षले पाएको सफलतामा रमाउछौ कि जुनसुकै बेला रु समाजमा योगदान गरेका अनुभवीहरुले सफलता प्राप्त गर्दा रमाउछौ कि , समाजको नाम मा आफ्नो खल्ती भर्ने हरुको खल्ती भरिंदा रु हैन ,पहिला(पहिला त तिमि त सार्है दुर्लभ र प्रेरणादायी पो थियौ हौ १ अचेल भरि के भा तिमि रु

तिमि आउँदा निक्कै लामो समय सम्म बस्ने गरि आउछौ भन्ने विश्वाश का साथ् , आजलाई यत्ति १

उही तिम्रो तपश्वी , पुरु १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्