पुरुष क्रिकेटमा नेपालको विजयी शुरुवात

पुरुष क्रिकेटमा नेपालको विजयी शुरुवात

cric

एसियाली खेलकूद–२०१४ अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले विजयी शुरुवात गरेको छ ।  आफ्नो पहिलो खेलमा नेपालले कुवेतमाथि ९ विकेटको शानदार जित दर्ता गर्यो ।

टस जितेर पहिलो ब्याटिङ्ग रोजेको कुवेत १३.२ ओभरमा सबै विकेट गुमाएर २० रनमा समेटियो । कुवेतका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कुवेतलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मी हिरो बने । सोमपालले ४ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट र बसन्तले १.२ ओभरमा १ रन दिएर ३ विकेट चट्काए । सोमपाल र बसन्तबाहेक सागर पुनले २ विकेट लिएभने शुरुवाती बलिङ्ग गरेका शक्ति गौचन र मेहबुब आलमले समेत राम्रो साथ दिएका थिए ।

२१ रनको झिनो विजयलक्ष्य नेपालले २.५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि सागर पुनले ७ बलमा ९ रन जोडेर आउट भएभने विनोद भण्डारी ५ र सुबास खकुरेल ७ रनमा अविजित रहे । कुवेतका लागि १ मात्र विकेट बस्ताकी महमुदले हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्