कर्मचारीहरुको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प

कर्मचारीहरुको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प

धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुको आन्दोलनका कारण दुई हप्तादेखि उपचार सेवा ठप्प भएको छ ।आन्दोलनका कारण उपचार गराउन आउने विरामीहरु समस्यामा परेपनि समस्या समाधानकालागि कुनै पक्षबाट पर्याप्त पहल हुन सकेको छैन । विषेश गरी बहिरंग सेवा लिन धरान बाहिरबाट आएका विरामीहरु उपचार नपाउ“दा मारमा परेका छन् । आन्दोलनका कारण प्रतिष्ठानको आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा १४ दिनदेखि ठप्प छ । कर्मचारी कल्याण मञ्चका अध्यक्ष सुजेन्द्र तामाङले कर्मचारीको माग पुरा नभएसम्म आन्दोलन फिर्ता नहुने बताउनुभयो ।यसैवीच प्रतिष्ठानका उपकूलपति प्रा. डा. वी.पी. दासले अस्पताल जस्तो संवेदनशील संस्थामा बन्द हड्ताल गर्नाले आम नागरिकको उपचार पाउने अधिकार हनन भएको बताउनुभयो । उहा“ले कर्मचारीका मागका विषयमा तलव मान आयोगले प्रतिवेदन बुझाएपछि मात्रै केही गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्