खानेपानी समस्या समाधान गर्न संयुक्त संघर्ष समिति गठन

खानेपानी समस्या समाधान गर्न  संयुक्त संघर्ष समिति गठन

धरानको खानेपानी समस्या समाधान गर्न भन्दै विभिन्न राजनैतिक दल र सामाजिक तथा जातीय संघ–संस्थाहरुको वृहत भेलाले सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समिति गठन गरेको छ
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर १ का सचिव सुजेन्द्र तामाङको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको हो । एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ऋण तथा अनुदानमा धरानमा सञ्चालित खानेपानी परियोजना अन्र्तगत सप्तकोशी चतराबाट खानेपानी ल्याउनुपर्ने भन्दै समिति गठन गरिएको तामाङले बताउनुभयो । समितिको सहसंयोजकमा एकीकृत माओवादी धरानका इन्चार्ज रामकुमार आङ्वुहाङ, सचिवमा संघीय समाजवादी पार्टीका जिल्ला सचिव ताजुव लिम्वु, सहसचिव नेकपा–माओवादीका नगर सचिव एकराज कोइराला र कोषाध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य राजेन्द्र राई रहनुभएको छ । समिति गठन भए लगत्तै समितिले नेपाल खानेपानी संस्थान धरानका कार्यालय प्रमुख दीपक श्रेष्ठको सरुवा रद्द गरी ससम्मान पुर्नवहाली गर्न माग गर्दै कार्यालय प्रमुखको कार्यकक्ष र प्रशासन फांटमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्