बस, मिनीट्रक र टाटा सुमो ठोक्किंदा ७ जना घाइते

बस, मिनीट्रक र टाटा सुमो ठोक्किंदा ७ जना घाइते

सुनसरीको हरिपुर ९ भान्टाबारी चोकमा बस, मिनीट्रक र टाटा सुमो ठोक्किंदा ७ जना घाइते भएकाछन् । बसको ठक्करबाट ट्रक र टाटा सुमोसमेत सामान्य क्षती भएको छ ।
अपरान्ह १ बजे पूर्वबाट पश्चिम जादै गरेको ना ३ ख ५३५३ नम्बरको बसले बिपरित दिशाको बा १ ग ५७५१ नम्बरको मिनी ट्रकसंग ठोक्किएपछि भारतीय नम्बर प्लेटको टाटा सुमोसंग ठोक्किएको थियो । बसको ठक्करबाट ट्रकका चालकसमेत सामान्य घाइते भएका छन । घाइते सबैलाई इनरुवा अस्पताल लगिएको छ ।
बस, ट्रक र टाटा सुमो सिमा प्रहरी चौकी भान्टाबारिको नियन्त्रणमा रहेको छ भने बसका चालक फरार रहेकाले खोजतलाश भइरहेको छ ।
त्यस्तै ईलाम र सुनसरीमा आज भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजना घाइते भएका छन ।
मेची राजमार्ग अन्तरगत इलामको गोदक १ मा बिहान मे १ ख १९४३ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिंदा एक महिला घाइते भएकि छन । मे १ ख १९४३ नम्बरको बसको ठक्करबाट मानसीक सन्तुलन ठिक नभएकी ४५ वर्षिया एक महिला गम्भीर घाइते भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्