पाँचथरमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थललाई गर्न गुरुयोजना निर्माण

पाँचथरमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थललाई गर्न गुरुयोजना निर्माण

पाँचथरमा रहेको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थललाई प्रचारप्रसार गरी प्रवद्र्धन गर्न गुरुयोजना निर्माण गर्न लागिएको छ ।
धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थललाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्यले गुरुयोजना बनाउन लागिएको हो । पाँचथरको धार्मिक तथा ऐतिहासिक स्थल सुम्हात्लुङ देवस्थल, हिलिहाङ दरबार, पानावा झर्ना, फालेलुङ लामपोखरी, लालीगुराँस, जोरपोखरी, छिन्तापु, तिम्बुपोखरी, सिलौटी, पौवा भञ्ज्याङ, लब्रेकुटी, स्वर्गपुरी, छालासुकुवालगायतका स्थानलाई प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको जिल्ला विकास समिति पाँचथरले जनाएको छ ।
स्थानीय विकास अधिकारी तुलसीबहादुर श्रेष्ठले आगामी जिल्ला परिषद्को बैठकले निर्णय गरेर गुरुयोजना निर्माण गरिने बताउनु भयो । गुरुयोजनामा ओझेलमा रहेका यी धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थलमा भौतिक पूर्वाधारको विकास गर्ने र होमस्टेको व्यवस्था गर्ने योजना रहेको उहाँले बताउनु भयो ।
पाँचथर जिल्ला पदयात्राको दृष्टिले एउटा सम्भावना बोकेको जिल्ला हो । हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्दै हरियाली वन तथा पहाडको यात्रा गर्नका निमित्त यहाँको उत्तरी, पूर्वी तथा पश्चिमी र इलामसँग सीमा जोडिएका दक्षिणी क्षेत्र पदयात्रा मुख्य पर्यटकीय गन्तव्यको रुपमा लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्