पुर्वको छुटाछुटै स्थानमा भएको सबारी दुर्घटनामा एकै परिबारका ३ सहित ५ जनाको मृत्यु । १७ जना घाइते ।

पुर्वको छुटाछुटै स्थानमा भएको सबारी दुर्घटनामा एकै परिबारका ३ सहित ५ जनाको मृत्यु । १७ जना घाइते ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको बकधुवा ९ मा आज दिउँसो टाटा सुमोको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवान, उनका पत्नी र एक छोरीसहित तीन जनाको मृत्यु भएको छ।
अपरान्ह करिब १ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ज।१६६७ नम्बरको टाटा सुमोले बिपरीत दिशाको को १६ प ३३५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार सिरहा धनगढी ३ घर भई इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा कार्यरत २७ वर्षिय प्रहरी जवान प्रमोद कुमार ठाकुर ,२६ वर्षिया पत्नी संगिता राई र चार वर्षिया छोरी सेजुका ठाकुर मृत्यु भएको छ ।
कार्यालयबाट दशै मान्न सपरिबार हिडेका ठाकुरले चलाएको मोटरसाइकललाई अपरान्ह १ बजे अत्याधिक गतिमा आएको टाटा सुमोले ठक्कर दिएको थियो ।
ट ाटा सुमोको ठक्करबाट प्रहरी जवान र ४ वर्षिया छोरीको घटनास्थलमै मृत्यु भएको हो भने पत्नी संगीता राईको उपचारका लागि न्युरो अस्पताल बिराटनगर ल्याउनेक्रममा बाटोमै मृत्यु भएको थियो।
टाटा सुमो र चालक झापा बुधबारे ९ का ४५ वर्षिय गोबिन्द आचार्यलाई इलाका प्रहरी कार्यालय महुलीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्