छुर्पी अमेरिका निर्यात हुन थालेपछि इलामका किसानले राम्रो मूल्य पाए

छुर्पी अमेरिका निर्यात हुन थालेपछि इलामका  किसानले राम्रो मूल्य पाए

download

अमेरिका निर्यात हुन थालेपछि इलामका उत्तरी मावु, माईमझुवा, माईपोखरी, सुलुबुङ, जमुना, सुम्वेक, पुवामझुवा गाविसमा बाक्लै रूपमा डेरी उद्योग स्थापना भएका छन् । किसानले गाई पालेर दूध उत्पादन गरी छुर्पी बनाउँदै आएका छन् । किसानले प्रतिकिलो ३सय २० रुपैयाँमा छुर्पी बेच्न थालेको जमुनाका मनोज भट्टराईले बताउनु भयो । पूर्वका २०० भन्दा बढी डेरी उद्योग र लेकाली क्षेत्रका चौँरी गोठबाट कम्पनीले छुर्पी सङ्कलन गर्न थालेको छ ।
पशुसेवा कार्यालय इलामका अनुसार जिल्लामा हालसम्ममा ११२ वटा डेरी उद्योग स्थापना भएका छन् । उद्योगले दैनिक ५० देखि ५०० लिटरसम्म दूध प्रशोधन गर्ने गरेको पशु विकास अधिकृत ध्रुवकुमार यादव बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्