बगेर बाबुको मृत्यु, छोरी बेपत्ता

बगेर बाबुको मृत्यु, छोरी बेपत्ता

विराटनगर, आश्विन १९ - मोरङको भोगटेनीस्थित चिसाङ खोलामा बगेर आइतबार एकजनाको मृत्यु भएको छ । मृतककी छोरी बेपत्ता भएकी छन् ।

माछा मार्ने क्रममा स्थानीय ४५ वषर्ीय सुमित्र राई र उनकी नौ वर्षीया छोरी रोशनीलाई खोलाले बगाएको थियो ।

प्रहरीका अनुसार माछा खोज्न खोलामा पसेकी छोरीलाई बगाएपछि बचाउने क्रममा सुमित्र पनि बगेका थिए । उनको शव फेला परेको छ । हराइरहेकी बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्